Nepal Life

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभा सम्पन्न, डिजिटल बीमा सेवामा जोड

NMB Bank
  • BFIS News
  • 2025 Jul 14 18:09
यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभा सम्पन्न, डिजिटल बीमा सेवामा जोड
United Ajod

काठमाडौं, असार ३० गते। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारण सभा आज सोमबार काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सफलता पूर्वक सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

सभामा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरणसहितका अनुसूचीहरू पारित गरिएको छ। साथै, सञ्चालक समितिबाट प्रस्तुत सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित भएका छन्।

कम्पनीले हाल आफ्नो प्रधान कार्यालयसहित ६ वटा प्रादेशिक कार्यालय, ३९ शाखा, ४३ उपशाखा, १५ बीमा काउन्टर र ६ तेस्रो पक्ष बीमा काउन्टरमार्फत देशभर ३६५ बीमा सेवा उपलब्ध गराइरहेको छ।

सभा दौरान कम्पनीले दाबीहरुको छिटो निस्पत्ति, बीमितलाई चुस्त सेवा प्रदान, कारोबारको दायरा विस्तार, व्यवसायिक दक्षता अभिवृद्धि लगायतका उद्देश्यहरू प्रस्तुत गरेको थियो। विशेषगरी सूचना प्रविधिमा आधारित सेवा विस्तारमार्फत Digital Insurance लाई प्राथमिकता दिई Online Policy जारी गर्ने व्यवस्था मिलाउने योजना रहेको कम्पनीले जनाएको छ।

सभाले डिजिटल प्रविधिमा लगानी विस्तार गर्दै आधुनिक र पहुँचयोग्य बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया