Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

NMB Bank
  • BFIS News
  • 2025 Jul 14 18:34
सन नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत
United Ajod

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) का कुल १ करोड ४ लाख ७१ हजार ५९२ इकाई हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचीकृत भएका छन्।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आफ्ना वर्तमान सेयरधनीहरूलाई २७% हकप्रद सेयर (१:०.२७ अनुपातमा) निष्कासन गरेको थियो। उक्त हकप्रद निष्कासन २०७९ साल बैशाख ३० गतेदेखि असार ३ गतेसम्म खुला भएको थियो। यसअन्तर्गत कुल १ करोड ६ लाख ९६ हजार ३२० इकाई हकप्रद सेयर निष्काशन गरिएको भए पनि त्यसमध्ये १ करोड ४ लाख ७१ हजार ५९२ इकाई सेयर मात्र बिक्री भई अब नेप्सेमा सूचीकृत गरिएको हो।

कम्पनीले हकप्रद सेयरमार्फत करीब १ अर्ब ६ करोड रुपैयाँ बराबरको पुँजी संकलन गरेको हो। हालको लेखनसमयसम्म, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अन्तिम कारोबार मूल्य (LTP) रु ४८५.८९ रहेको छ। यस सूचिकरणसँगै कम्पनीको सेयर कारोबार थप सहज हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया