Nepal Life

कामना सेवा विकास बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता झोला र टोकन हस्तान्तरण

NMB Bank
  • BFIS News
  • 2025 Jul 14 18:43
कामना सेवा विकास बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता झोला र टोकन हस्तान्तरण
United Ajod

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई ५,००० थान जुत्ता झोला र १,००० थान टोकन हस्तान्तरण गरेको छ।

Shikhar
Nepal Life
NIMB

उक्त सामग्रीहरु पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको जुत्ता चप्पल सुरक्षित र व्यवस्थित रुपमा राख्नका लागि हस्तान्तरण गरिएको हो। बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुङ्गेलले एक कार्यक्रमबीच कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीलाई झोला तथा टोकन हस्तान्तरण गरेकी हुन्।

निमित्त सदस्य सचिव जोशीले आगामी श्रावण महिनामा भक्तजनको अत्यधिक भीड हुने हुँदा जुत्ता चप्पल व्यवस्थापनमा झोलाको अभाव हुने समस्यालाई ध्यानमा राखी बैंकद्वारा उपलब्ध गराइएको सामग्रीले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै बैंकका कर्जा प्रशासन विभाग प्रमुख ढुङ्गेलले कामना सेवा विकास बैंकले देशभर १३० शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। साथै, यस्तो अवसर प्रदान गरेकोमा कोषलाई धन्यवादसमेत ज्ञापन गरे। उक्त सहयोगले भक्तजनहरुको सुविधा व्यवस्थापनमा थप सहजता ल्याउने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया