Nepal Life

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, छानबिन समिति गठन

NMB Bank
  • BFIS News
  • 2025 Jul 14 21:59
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, छानबिन समिति गठन
United Ajod

काठमाडौं, ३० असार – मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यक्षमता र जिम्मेवारी पालनासम्बन्धी छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

Shikhar
Nepal Life
NIMB

पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा गठन गरिएको समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला पनि सदस्यका रूपमा सामेल भएका छन्। बैठकमा जानकारी दिइएको अनुसार, समितिको गठनसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन्।

नेपाल बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ अनुसार, यदि कुनै अध्यक्ष वा सदस्यविरुद्ध छानबिन समिति गठन हुन्छ भने उनी स्वतः निलम्बित हुने व्यवस्था गरिएको छ। यसै आधारमा ओझालाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको हो।

आधिकारिक स्रोतका अनुसार, मन्त्रिपरिषद्ले अध्यक्ष ओझालाई पदमुक्त गर्नको लागि छानबिन समिति गठन गरेको हो। बीमा ऐनको दफा १२ को उपदफा १ को खण्ड ‘ग’ अनुसार, खराब आचरण, कार्यक्षमताको अभाव वा पदीय जिम्मेवारी पूरा नगरेको आधारमा नेपाल सरकारलाई अध्यक्ष वा सदस्यलाई पदमुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।

सोही ऐनको उपदफा २ मा भने, अध्यक्ष वा सदस्यलाई पदमुक्त गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्न सकिन्छ। यस आधारमा सरकारले छानबिन समिति गठन गरेको हो। 

अध्यक्ष ओझामाथि फर्जी कागजात पेश गरी बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको आरोप लागेको छ। यस विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ। यसै कारणले सरकारले ओझालाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको हो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया