Nepal Life

जलविद्युत् आयोजनाको आइपीओ रोक्नु गलत निर्णय हो : सभापति देउवा

NMB Bank
  • BFIS News
  • 2025 Jul 15 13:36
जलविद्युत् आयोजनाको आइपीओ रोक्नु गलत निर्णय हो : सभापति देउवा
United Ajod

काठमाडौं, असार ३०।   नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत् आयोजनाहरुको प्राथमिक शेयर (आइपीओ) निष्कासन रोक्नु गलत निर्णय भएको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

मंगलबार काठमाडौंमा आयोजित इन्डिपेन्डेन्ट पावर प्रोड्युसर्स एसोसिएसन नेपाल (इप्पान) को २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

"शेयर निष्कासन रोकिएको कुरा सुनेँ, तर धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ भन्ने आशा छ," देउवाले भने, "यसलाई रोक्नु हुँदैन भन्ने मेरो स्पष्ट मान्यता हो।"

उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बनाउन सरकार गम्भीर हुनु पर्ने धारणा राखे। लगानीकर्तालाई सहज, सरल र पीडारहित वातावरण दिनु राज्यको जिम्मेवारी रहेको उनको भनाइ थियो।

सभापति देउवाले जलविद्युत् क्षेत्रलाई नेपालको प्राकृतिक सम्पत्ति भएको उल्लेख गर्दै यसकाे दिगो विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। उनले थपे, “अहिले उत्पादन भएको विद्युतको खपत र व्यापार गर्ने जिम्मा सरकारको हो, तर यसमा निजी क्षेत्रको भूमिका पनि उतिकै महत्वपूर्ण छ।”

उनले हरित उर्जामा (Green Energy) विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उर्जा क्षेत्र नेपालको आर्थिक तथा सामाजिक विकासका लागि मेरुदण्ड भएको बताए।

"हामीले ग्रिन इनर्जीमा ध्यान दिन सके ठूलो फाइदा लिन सक्छौं," देउवाले भने, "नेपालले प्राप्त गरेका विकासका उपलब्धिहरू पछाडि उदारवाद र निजीकरणको नीतिको योगदान छ। अब यो नीतिका कमजोरी सुधार्दै निजी क्षेत्रलाई अझ प्रोत्साहन गर्नुपर्छ।"

उनले निजी क्षेत्रबाट विद्युत उत्पादन वृद्धि हुनु सकारात्मक संकेत भएको भन्दै वर्तमानमा लोडसेडिङ अन्त्य भएको उल्लेख गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया