Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, ४४ भन्दा धेरै शाखामा कर्मचारी आह्वान

NMB Bank
  • BFIS News
  • 2025 Jul 16 10:16
सन नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, ४४ भन्दा धेरै शाखामा कर्मचारी आह्वान
United Ajod

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शाखा/उप–शाखा प्रमुख पदका लागि योग्य तथा उत्साही व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको छ।

 

Shikhar
Nepal Life
NIMB

नेपालभरि विश्वासिलो ब्राण्डका रूपमा जीवन बीमा सेवा प्रदान गर्दै आएको सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न प्रदेशका शाखा तथा उप–शाखाहरूमा व्यवस्थापनका लागि नयाँ नेतृत्व खोजेको हो।

रिक्त स्थान रहेका शाखाहरू:

कोशी प्रदेश १: बिराटचोक, दुहबी, खाँदबारी, रामपुर, रावी, फिक्कल, भोजपुर

मधेश प्रदेश: मिर्चैया, मलंगवा, रामगोपालपुर, निजगढ, कञ्चनपुर

बागमती प्रदेश: सानेपा, कीर्तिपुर, नुवाकोट, टोखा, सतुंगल, भैंसेपाटी, इमाडोल, भकुण्डेबेसी, पालुङ (बज्रबाराही), धार्के/महादेवबेसी/गजुरी, रसुवा/स्याफ्रुबेसी/बेत्रावती

गण्डकी प्रदेश: बिरौटा, पुतलीबजार (स्याङ्जा), गल्कोट, अरुणखोला, भोर्लेटार

लुम्बिनी प्रदेश: गुलरिया, हापुरे, खैरेनी, मणिग्राम, बर्दघाट

कर्णाली प्रदेश: छिन्चु, बाबियाचौर, जुम्ला

सुदूरपश्चिम प्रदेश: मार्तडी, साँफेबगर (अछाम), दार्चुला, झलारी, डिपायल

आवश्यक योग्यता र अनुभव:

न्यूनतम शैक्षिक योग्यता: स्नातक (Bachelor's) उत्तीर्ण अनिवार्य।

नयाँ (Freshers) व्यक्तिहरूलाई पनि आवेदन दिन सकिने। जीवन बीमा, बैंकिङ, लघुवित्त संस्था, सहकारी संस्था वा बिक्री व्यवस्थापनमा अनुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

उमेर: २१ देखि ३५ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने छन्। कम्प्युटर एप्लिकेसनमा दक्षता, राम्रो सञ्चार र आपसी सम्बन्ध क्षमतायुक्त, कार्यालय व्यवस्थापन कार्यप्रति बुझाइ, सकारात्मक सोच राख्ने र समूहमा काम गर्न सक्ने क्षमतायुक्त व्यक्तिले आवेदन दिन सक्ने छन्। 

आवेदन कसरी दिने:

विस्तृत जानकारी तथा आवेदनका लागि तल दिइएको लिंकमा क्लिक गर्न सकिन्छ

📞 ९८०१२३४४४४
☎ ०१-४५३६१२६
📧 [email protected]
🌐 www.sunlife.com.np

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया