Nepal Life

सालिको ५ अर्ब बीमा शुल्क संकलनको गौरवमय उपलब्धि, 'यो वित्तीय सफलता मात्र नभई ग्राहकको गहिरो विश्वास हो'

NMB Bank
  • BFIS News
  • 2025 Jul 16 20:20
सालिको ५ अर्ब बीमा शुल्क संकलनको गौरवमय उपलब्धि, 'यो वित्तीय सफलता मात्र नभई ग्राहकको गहिरो विश्वास हो'
United Ajod

काठमाडौं, असार ३२ गते। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सालिको) ले बीमा क्षेत्रको इतिहासमै एक उल्लेखनीय उपलब्धि हासिल गरेको छ। सलिकोले चालु आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब रुपैयाँ  बीमा शुल्क संकलन गर्दै अद्वितीय लक्ष्य पार गर्दै कम्पनीमा नयाँ कीर्तिमान बनाएको छ। 

Shikhar
Nepal Life
NIMB

यस अवसरमा कम्पनीले केन्द्रिय कार्यालयमा यस गौरवमय क्षण मनाएको छ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले "५ अर्बको बीमा शुल्क संकलन" केवल एउटा वित्तीय सफलता नभई, ग्राहकको गहिरो विश्वास, प्रवर्द्धकहरूको समर्पण, र सम्पूर्ण सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिबिम्ब पनि भएको बताएका छन्। 

उच्च व्यवस्थापन तहका पदाधिकारीहरुमा आयोजना गरिएको कार्यक्रमलाई संबोधन गर्दै क्षेत्रीले भने "हामी हाम्रो प्रत्येक ग्राहक, एजेन्ट, कर्मचारी, लगानीकर्ता र साझेदारप्रति आभारी छौं जसको विश्वास र साथले आज हामी यो सफल यात्राको एक ऐतिहासिक मोडमा पुगेका छौं। अब हामी अझ धेरै जीवन सुरक्षित गर्दै, अझ धेरै सपना सुनिश्चित गर्दै अगाडि बढ्नेछौं।"

कम्पनीले नेपालभर निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । दाबी भुक्तानीलाई प्रमुख नारा बनाउदै भिआइपी प्लस जस्ता नविनतम स्किम मार्फत सरल र सहज रुपमा दाबी भुक्तानी गर्दै आइरहेको छ । साविक सगरमाथा र लुम्बिनी मर्जर भएर सगरमाथा लुम्बिनी बनेको हो । मर्जर पछि कम्पनीले आफ्नो सेवालाई थप विस्तार गर्ने क्रममा कृषि बीमालाई नमुनाका रुपमा अगाडी बढाइरहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया