Nepal Life

आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब ८२ अर्बको ऐतिहासिक कारोबार, लगानीकर्ताको पोर्टफेलियो भने नोक्सानमै !

NMB Bank
  • BFIS News
  • 2025 Jul 17 10:47
आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब ८२ अर्बको ऐतिहासिक कारोबार, लगानीकर्ताको पोर्टफेलियो भने नोक्सानमै !
United Ajod

काठमाडौं। आर्थिक वर्ष २०८१/२० मा शेयर बजारमा अहिलेसम्मकै सर्वाधिक धेरै ऐतिहासिक कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यस आर्थिक वर्षमा मात्रै २० खर्ब ९२ अर्बको कारोबार भएको छ। जवकी अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४ खर्ब ६७ करोडको भएको थियो भने आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २ अर्ब रुपैयाँको शेयर खरिद बिक्री भएको छ।

Shikhar
Nepal Life
NIMB

आर्थिक वर्ष २०८१/८२ मा नेपाल शेयर बजारले ऐतिहासिक सफलता हासिल गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार उक्त वर्षमा २० खर्ब ९२ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च कारोबार हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्र ४ खर्ब ६७ अर्बको कारोबार भएको थियो भने त्यसअघिको वर्ष २०७९/८० मा १२ खर्ब २ अर्ब रुपैयाँको कारोबार भएको थियो।

गत आर्थिक वर्षमा नेप्से परिसूचक २४.७४ प्रतिशतले वृद्धि भई २२४०.४१ बाट बढेर २७९४.७८ विन्दुमा पुग्यो। अर्थमन्त्री विष्णु पौडेल र गभर्नर डा. विश्व पौडेलको आगमनपछिको शेयरमैत्री नीति तथा सकारात्मक बजार भावनाका कारण नेप्सेले वर्षको दौरानमा ३ हजार ८१ विन्दुसमेत छोएको थियो।

कारोबारमा तीनगुणा वृद्धि

वर्ष २०८१/८२ मा २९१ दिनको कारोबार अवधिमा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १८९.२३ प्रतिशतले बढी हो। दैनिक कारोबारको औसत ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। यसले शेयर बजारमा उल्लेखनीय चासो र गतिविधि देखाएको संकेत गर्दछ।

कारोबार संख्या ५० प्रतिशतले वृद्धि

अघिल्लो वर्ष १ करोड ४७ लाख कारोबार भएकोमा यस वर्ष २ करोड २२ लाखभन्दा धेरै कारोबार संख्या पुगेको छ। तर सूचक र कारोबार रकम उकालो लागे पनि, लगानीकर्ताहरुको वास्तविक लाभ भने न्यून रहेको देखिन्छ। बजारमा देखिएको उतारचढाव र मर्जर एन्ड एक्विजिसन नीतिका कारण लगानीकर्ताका पोर्टफोलियोहरूमा नोक्सानी देखिएको छ।

सूचीकृत कम्पनी घट्यो

अघिल्लो वर्ष २७० वटा कम्पनी सूचीकृत भए पनि मर्जर प्रक्रिया तीव्र बनेपछि यो संख्या २५० मा झरेको छ। यसले बजारमा विविधता घटाएको विश्लेषकहरुको भनाइ छ।

बजार पुँजीकरणमा ३१.०५ प्रतिशतको वृद्धि

गत आवमा बजार पुँजीकरण ३५ खर्ब ५३ अर्बबाट बढेर ४६ खर्ब ५६ अर्ब पुगेको छ। वर्षको एक समय बजार पूँजीकरण ४८ खर्बसम्म पुग्दा अर्को समय २८ खर्बमा झरेको थियो, जसले बजारको अस्थिरता झल्काउँछ।

समूहगत सूचकमा उच्च वृद्धि

अन्य समूह सबैभन्दा धेरै ३८.८४% ले बढेर २३५२.८२ विन्दुमा पुगेको छ। त्यस्तै व्यापार समूह ३६.०६% ले, लगानी समूह ३५.६७% ले, विकास बैंक समूह ३४% ले,  हाइड्रोपावर समूह ३१.०१% ले वृद्धि भएको छ।

त्यसैगरी, होटल तथा पर्यटन, बैंकिङ, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, र लघुवित्त समूहमा पनि उल्लेख्य वृद्धि देखिएको छ। तर, म्युचुअल फन्ड समूह भने एक मात्र यस्तो समूह हो, जसको सूचक ०.८५ प्रतिशतले घटेको छ।

नेप्से सूचक र कारोबार रकममा ऐतिहासिक वृद्धि भए पनि अधिकांश लगानीकर्ताहरुले अपेक्षित लाभ लिन नसकेको अवस्था छ। सूचकमा सुधार भए पनि व्यापक बजारको अस्थिरता, कम संख्यामा सूचीकृत कम्पनी, र लगानीकर्ताको मनोविज्ञानले गर्दा पोर्टफोलियोमा नोक्सान देखिएको हो। अबको चुनौती भनेको यस वृद्धिलाई दिगो बनाउन र लगानीकर्ताको विश्वास पुनःस्थापित गर्नुपर्ने देखिन्छ।

अहिले पनि लगानीकर्ताको पोर्टफेलियो नोक्सानमा छ। बजार हेरेर कारोबार गर्ने भन्दा पनि सेक्टर हेरेर त्यसमा पनि सेक्टर भित्रका निश्चित कम्पनी भित्र खेल्न सक्नेले मात्रै पैसा कमाइरहेका छन्। अर्को महत्पुर्ण तथ्य भनेको जसले नाफा बुक गर्न सक्यो उसले कमायो जसले अझै बढ्ने आशामा शेयर होल्ड गर्छन् उनिहरु चरम नोक्सानमा छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया