Nepal Life

आर्थिक वर्षको पहिलो दिनमै शेयर बजारले मार्यौ छलाङ: ८० अंकको सुधार, २८ सयको अवरोधलाई तोड्दै १७ अर्बको कारोबार

NMB Bank
  • BFIS News
  • 2025 Jul 17 15:12
आर्थिक वर्षको पहिलो दिनमै शेयर बजारले मार्यौ छलाङ: ८० अंकको सुधार, २८ सयको अवरोधलाई तोड्दै १७ अर्बको कारोबार
United Ajod

काठमाडौं। आर्थिक वर्षको पहिलो दिनमै शेयर बजारले छलाङ मारेको छ। आजदेखि आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ। सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याइसकेको छ भने नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पनि सार्वजनिक गरिसकेको छ। अव शेयर बजारमा यो आउछ त्यो आउछ भन्ने सम्पुर्ण हल्ला आजदेखि बन्द भएको छ। 

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षलाई अर्थतन्त्रदेखि लिएर हरेक सूचकको बृद्धिदरमा फरक ढङ्गले हेरिएको छ। गएका केहि वर्षदेखि मुलुकले आर्थिक मन्दी र संकट बेहोर्दै आइरहेको छ। यसै क्रममा सरकारदेखि लिएर नेपाल राष्ट्र बैंकले समेत अवरोधका अधिकाम्स कुराहरुलाई खुला गरिसकेको छ। यसले गर्दा पनि आज शेयर बजारमा रौनिक देखियो। 

आज साताको अन्तिम दिन आर्थिक वर्षको पहिलो कारोबार ७९.९२ अंकको सुधार भएको छ। सूचकमा मात्रै होइन कारोबार रकम पनि १६ अर्ब ५९ करोड रुपैयाँको भएको छ। हिजोका दिनममा सावाँ र व्याजको जोहो गर्न लगानीकर्ताले शेयर बिक्री गर्दा बढ्न नसकेको भन्दै विश्लेषण हुन्थ्यो तर आज ति सबै बहाना हटेका छन्। 

आज अधिकाम्स सूचकमा सुधार हुँदा २३९ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ भने ९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। सर्वाधिक धेरै मूल्य बढ्नेमा जलविद्युत कम्पनी छन् भने सर्वाधिक धेरै कारोबार नेपाल पुनर्बीमाको मात्रै ८२ करोड ४२ लाख रुपैयाँको भएको छ। कम्पनीको शेयर मूल्य ८.८८ प्रतिशतले सुधार हुँदै १३७२ रुपैयाँ कायम भएको छ। 

आजको बजार अधिकाम्स लगानीकर्ताका लागि अनपेक्षित थियो। बजार घट्ने पर्ने अधिकाम्स कारणहरु विलाइसकेका छन् भने बढ्नु पर्ने भन्दा भन्दै पनि बढ्न सकेको थिएन। आज प्राविधिक रुपमा पनि बजार बलियो देखिएको छ। बजारले लामो समयदेखि २८ सयको अवरोध विन्दुलाई ब्रेक गर्न सकेको थिएन। यहि गतिमा बजार अगाडी बढ्यो भने साउन भदौमा बजारले पुराना सम्पुर्ण रेकर्ड तोड्ने निश्चित छ। यसका पछाडी बैंकको व्याजदर, प्रयाप्त बैंकिङ तरलता, सुधारोन्मुख अर्थतन्त्र, लगानीमत्री नीति नै प्रमुख कारण हुन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया