Nepal Life

हेटौँडामा १२२ करदाताविरुद्ध कारबाही प्रक्रिया सुरु

NMB Bank
  • BFIS News
  • 2025 Jul 18 12:00
हेटौँडामा १२२ करदाताविरुद्ध कारबाही प्रक्रिया सुरु
United Ajod

हेटौँडा, साउन २। आन्तरिक राजस्व कार्यालय हेटौँडाले लामो समयदेखि कर नतिर्ने १२२ जना करदाताविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।

Shikhar
Nepal Life
NIMB

कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार ती करदाताहरूले मूल्य अभिवृद्धि कर (भीएटी), आयकर, अन्तःशुल्क र अग्रिम करकट्टीको रकम लामो समयदेखि नबुझाएको पाइएपछि कारबाही प्रक्रिया थालिएको हो।

“अब पनि तोकिएको म्यादभित्र बक्यौता रकम दाखिला नगरे बैंक खाता रोक्का गर्ने, घरजग्गा र आयात–निर्यात प्रक्रिया रोक्ने लगायतका कानुनी प्रक्रिया अगाडि बढाइनेछ,” प्रमुख सुवेदीले चेतावनी दिए।

उनका अनुसार कर नतिर्ने करदाताहरूको विस्तृत अभिलेख तयार पारिएको छ। नियमित बजार अनुगमनका आधारमा चालु आर्थिक वर्ष २०८१/८२ मा करदाता संख्या वृद्धि भएको समेत कार्यालयले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया