Nepal Life

पेशागत बीमा अभिकर्ता संघ, बीमक मुगु उपशाखाको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

NMB Bank
  • BFIS News
  • 2025 Jul 18 20:50
पेशागत बीमा अभिकर्ता संघ, बीमक मुगु उपशाखाको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
United Ajod

मुगु – पेशागत बीमा अभिकर्ता संघ बिमक मुगु उपशाखा समितिको दोस्रो अधिवेशन वरिष्ठ एजेन्सी म्यानेजर भिम प्रसाद जैसीको अध्यक्षतामा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपले नयाँ कार्यसमिति चयन गरेको छ।

Shikhar
Nepal Life
NIMB

नवगठित समितिका पदाधिकारीहरूमध्ये अध्यक्षमा भिम प्रसाद जैसी, उपाध्यक्षमा लोकेन्द्र बहादुर भण्डारी, कोषाध्यक्षमा सुकमाया शाही, सचिवमा हरिमुन भण्डारी, सह-सचिवमा सर्जन कुमार शाही चयन भएका छन्। साथै सदस्यहरूमा शंकर राज भट्ट, प्रेम बहादुर बुढा, अप्सरा श्रेष्ठ, टेकेन्द्र कुमार भाम, कुबेर बुढा र सुमन बुढा चयन भएका छन्।

नव-निर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको असीम शुभकामना व्यक्त गर्दै पेशागत बीमा अभिकर्ता संघ बिमकका केन्द्रिय उपाध्यक्ष जुहारी लाल चौलागाईं (जय प्रकाश) ले भने, "पेशागत बीमा क्षेत्रको मजबुत विकास तथा सेवाग्राहीको हितमा समर्पित रही कार्य गर्ने तपाईंहरू सबैको सामूहिक प्रयासले संघ अझ मजबुत, सक्षम र प्रभावकारी बन्ने पूर्ण विश्वास लिएको छु। तपाईंहरूको कार्यकाल उत्साह, प्रेरणा र उपलब्धिपूर्ण रहोस्।" उक्त अधिवेशनमा बीमक  समिति कर्णाली प्रदेश अध्यक्ष कृप राज भट्टको समेत उपस्थिति रहेको थियो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया