Nepal Life

सान्भि इनर्जीको पहिलो कारोबार ३५९ रुपैयाँमा, स्पेशल प्रि–ओपन सेसनमा सुरुआत

NMB Bank
  • BFIS News
  • 2025 Jul 20 12:35
सान्भि इनर्जीको पहिलो कारोबार ३५९ रुपैयाँमा, स्पेशल प्रि–ओपन सेसनमा सुरुआत
United Ajod

काठमाडौं, साउन ४।   सान्भि इनर्जी लिमिटेड (SANVI) को पहिलो शेयर कारोबार आज आइतबार स्पेशल प्रि–ओपन सेसनमा सम्पन्न भएको छ। नेप्सेमा नयाँ सूचीकृत भएको कम्पनीको शेयर पहिलो पटक प्रतिकित्ता ३५९ रुपैयाँमा कारोबार भएको हो।

Shikhar
Nepal Life
NIMB

सान्भि इनर्जीको शेयर यही साउन १ गते (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरणमा आएको थियो। कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको ३७ लाख ९० हजार कित्ता र संस्थापक समूहको ५० लाख १० हजार कित्ता गरी जम्मा ८८ लाख कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरणमा ल्याइएको हो।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको शेयर मूल्यको ओपनिङ रेञ्ज १२० रुपैयाँ ७४ पैसादेखि ३६२ रुपैयाँ २२ पैसासम्म निर्धारण गरेको थियो। आजको सेसनमा सो दायरा भित्र रहेर कारोबार सुरु भएको हो।

सान्भि इनर्जीको शेयर टिकर “SANVI” अन्तर्गत कारोबार भएको छ। कम्पनीको शेयर मूल्य स्थायित्व र बजारको मागअनुसार अबको नियमित कारोबारमा निर्धारण हुँदै जानेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया