Nepal Life

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुँदै, एकीकृत कारोबार पोखरा फाइनान्सको नाममा

NMB Bank
  • BFIS News
  • 2025 Jul 20 12:41
पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुँदै, एकीकृत कारोबार पोखरा फाइनान्सको नाममा
United Ajod

पोखरा, साउन ४।   पोखरा फाइनान्स लिमिटेड (PFL) र समृद्धि फाइनान्स लिमिटेड एकआपसमा मर्ज हुने भएका छन्।

Shikhar
Nepal Life
NIMB

मर्जरसम्बन्धी औपचारिक सम्झौतापत्रमा आज बिहान साढे ८ बजे पोखरास्थित होटल ल्याण्डमार्क लेकसाइडमा दुवै कम्पनीका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

मर्जरपछि दुबै संस्थाले 'पोखरा फाइनान्स लिमिटेड' नाममै एकीकृत कारोबार गर्नेछन्। सम्झौता अनुसार, मर्जरको लागि १ बराबर १ को शेयर स्वाप अनुपात (Share Swap Ratio) लागू गरिनेछ, जसअनुसार दुबै कम्पनीका शेयरधनीहरूले समान अनुपातमा शेयर पाउनेछन्।

मर्जर सम्पन्न भएपछि एकीकृत कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँमा रहने जानकारी गराइएको छ। मर्जर प्रक्रिया नियामक निकायहरूबाट स्वीकृति लिएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ।

दुवै कम्पनीहरू मर्ज भई बलियो वित्तीय संरचना निर्माण गर्दै प्रतिस्पर्धी क्षमतामा सुधार ल्याउने उद्देश्यले अगाडि बढेको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया