Nepal Life

शिवश्री हाइड्रोपावरको १००% हकप्रद शेयर निष्कासनलाई सेबोनको स्वीकृति

NMB Bank
  • BFIS News
  • 2025 Jul 20 13:12
शिवश्री हाइड्रोपावरको १००% हकप्रद शेयर निष्कासनलाई सेबोनको स्वीकृति
United Ajod

काठमाडौं, साउन ४।  शिवश्री हाइड्रोपावर लिमिटेड (SSHL) ले प्रस्ताव गरेको १००% हकप्रद शेयर निष्कासन योजनालाई नेपाल धितोपत्र बोर्ड (SEBON) ले स्वीकृति प्रदान गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले १ बराबर १ को अनुपातमा हालका शेयरधनीहरूलाई १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो, जसको कुल मूल्य करिब १ अर्ब ४७ करोड रुपैयाँ बराबर हुनेछ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद शेयर समायोजनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ९५ करोड रुपैयाँ पुग्नेछ।

यस हकप्रद निष्कासनको इस्यु व्यवस्थापकमा सिटिजेन्स क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

धितोपत्र बजारमा यो समाचार तयार पार्दासम्म SSHL को शेयर मूल्य २६३.६९ रुपैयाँ मा बन्द भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया