Nepal Life

शेयर बजारमा २१ अर्ब ४६ करोडको कारोबार, मौद्रिक नीतिले हौस्याएको बजारले सत्ता परिवर्तनको हल्लाले अत्यायो

NMB Bank
  • BFIS News
  • 2025 Jul 20 15:18
शेयर बजारमा २१ अर्ब ४६ करोडको कारोबार, मौद्रिक नीतिले हौस्याएको बजारले सत्ता परिवर्तनको हल्लाले अत्यायो
United Ajod

काठमाडौं। मौद्रिक नीतिले हौसिएको शेयर बजारलाई सत्ता परिवर्तनको गाइ गुइ हल्लाले आइतबार अन्तिम समयमा झिने अंकले सुधार भएको छ। कारोबार रकममा भने एकाएक सुधार हुँदा २१ अर्ब ४६ करोडको किनबेच भएको छ। 

Shikhar
Nepal Life
NIMB

केहिदिनदेखि सत्ता परिवर्तनको चर्चा खुवै चुलिएको छ। विशेषगरी अहिले नेकपा एमाले भित्रको आन्तरद्धन्दले पनि केहि हदम्म बजारमा अफवाह फैलाउने काम भइरहेको छ। पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताले एमालेमा ठुलै हलचल ल्याएको छ। यस बाहेक शेयर बजारका लागि यो समय सबैभन्दा स्वर्णिम समय हो। सबै सूचक सकारात्मक छन्। बैंकिङ तरलतादेखि लिएर शेयर बजार मैत्री नीतिले धेरै राहात दिएको छ। 

जसले गर्दा विगत एक महिनाको अवधिमा शेयर बजार २५९५ अंकबाट २८७० सम्म पुग्यो। आज पनि बजारमा राम्रै सुधार आइरहेको थियो। तर अन्तिममा सत्ता परिवर्तनको हल्लाको डरले केहि लगानीकर्ताले नाफा बुक गरे। नाफा बुक र अवसरको विचमा रुमलिएको बजारमा आज २१ अर्ब ४६ करोडको कारोबार भयो। यहि हिसावले बजार अगाडी बढ्यो भने यस अगाडीको २८/२९ अर्बको ऐतिहासिक कारोबारलाई ब्रेक गर्नेछ। 

त्यस्तै यस अगाडीको ऐतिहासिक विन्दु ३१९९ अंकलाई पनि तोड्नेछ। तर विच विचमा आउने हल्ला र चर्चाले बजारलाई करेक्सन गराउदै आइरहेको छ। यसले बजारलाई आक्रामक गतिमा भन्दा पनि परिपक्व बनाउदै लैजाने विश्लेषकहरु बताउछन्। बजारमा जति धेरै नाफा बुक हुँदै अगाडी बढ्ने अवस्था आउछ त्यसले दिगोपना ल्याउनेछ। 

बाणिज्य बैंकमा करेक्सन देखिएको छ भने फाइनान्सको सूचकमा खासै सुधार हुन सकेको छैन। दिपेन्द्र अग्रवाल समुहले फाइनान्सको शेयरमा नबढाउन निकै बल प्रयोग गर्दै आइरहेका छन् भने उनिहरु कम चुक्ता पूँजी भएका लघुवित्त, विकास बैंक, जलविद्युतमा खलिरहेका छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया