Nepal Life

दिपेन्द्र अग्रवालको पक्राउ सँगै उनले चलाएका लो क्यापका शेयरमा नकारात्मक सर्किट

NMB Bank
  • BFIS News
  • 2025 Jul 21 15:58
दिपेन्द्र अग्रवालको पक्राउ सँगै उनले चलाएका लो क्यापका शेयरमा नकारात्मक सर्किट
United Ajod

काठमाडौं। शेयर बजारमा पछिल्लो समय समुह बनाएर सामाजिक सञ्जाल मार्फत शेयर खरिद बिक्रीमा दुरुत्साहन गर्दै आइरहेका दिपेन्द्र अग्रवालालई नेपाल प्रहरीले पक्राउ गरे सँगै उनले चलाएका कम्पनीमा नकारात्मक सर्किट लागेको छ। 

Shikhar
Nepal Life
NIMB

उनले सामाजिक सञ्जाल मार्फत खुलेआम यो कम्पनी किन्नु यो कम्पनी बिक्री गर्नु भन्दै लगानीकर्तालाई उस्काउदै आइरहेका थिए। उनको लहै लहैमा कतिपय लगानीकर्ताले दोस्रो बजारबाट राम्रो पैसा पनि कमाएका छन् भने जसले शेयर खरिद गरेर बिक्री गर्न सकेनन् उनिहरु अहिले चरमण नोक्सानमा छन्। 

केहि समय अगाडी उनले फाइनान्समा लगानीकर्तालाई उक्साउदै फसाइदिएका थिए। अहिले उनले लो क्यापका विकास बैंकमा राम्रै प्रचार बाजी गरे। जसमा कयौ लगानीकर्ताले लहै लहैमा खरिद बिक्री गर्न भ्याए। परिणामस्वप अहिले फाइनान्सका शेयरधनी सबैभन्दा धेरै डुबानमा छन्। 

एक जना पीडितले प्रहरीलाई फोन गरेर उनि विरुद्ध उजुरी गरे पछि नेपाल प्रहरीले उनलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । उनि पक्राउ पर्ने वित्तीकै उनले खेलो फड्को गरेको ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै सिन्धु विकास बैंकमा पनि ६.३६ प्रतिशतको गिरावट भएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया