Nepal Life

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2025 Jul 22 11:10
नेपाल इन्स्योरेन्सको हकप्रद शेयर आजदेखि बिक्री खुला
United Ajod

काठमाडौँ, साउन ६ – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले आज (साउन ६ गते) देखि आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

यस अनुसार कम्पनीले हालको १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अर्थात १०:३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता शेयर निष्काशन गरिनेछ, जसको कुल रकम ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ हुन्छ।

यस प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। तसर्थ, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म रहेको छ।

हकप्रद निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल ए माइनस’ (IRN A-) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरूले एनआईएमबिको केन्द्रिय तथा शाखा कार्यालयबाट साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया