Nepal Life

ह्याम्स अस्पतालले आइपिओ निष्काशन गर्ने, डाक्यो वार्षिक साधारणसभा

NMB Bank
  • BFIS News
  • 2025 Jul 22 12:56
ह्याम्स अस्पतालले आइपिओ निष्काशन गर्ने, डाक्यो वार्षिक साधारणसभा
United Ajod

काठमाडौं। ह्याम्स अस्पतालले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्राथमिक शेयर (IPO) निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीले उक्त निर्णयको सन्दर्भमा आवश्यक प्रस्तावहरू प्रस्तुत गर्दै आगामी २०८२ साल श्रावण २८ गते (१३ अगष्ट २०२५) वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको मिति २०८२ साल श्रावण ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय र कम्पनीको नियमावलीको नियम १८ (३) अनुसार २१ दिनअघि शेयरधनीलाई जानकारी गराउनु पर्ने प्रावधान अनुरूप यो सूचना प्रकाशित गरिएको हो।

Shikhar
Nepal Life
NIMB

सभाको मिति, समय र स्थान यसप्रकार रहेको छ: सभा २०८२ साल श्रावण २८ गते बुधवार बिहान ११:०० बजे, कम्पनीको रजिष्टर्ड कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नं. ९, काठमाडौंमा आयोजना हुनेछ।

सभामा छलफल गरिने प्रस्तावहरूमा, सामान्य प्रस्तावअन्तर्गत अध्यक्षज्यूको मन्तव्यसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने, साथै कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषयहरू समावेश छन्।

त्यसैगरी, यदि सञ्चालक समितिबाट स्वीकृति प्राप्त भएमा, नगद लाभांश तथा बोनस शेयर वितरणसम्बन्धी प्रस्तावहरू पनि पारित गरिनेछ।

विशेष प्रस्तावहरूमा भने, प्रिमियम मूल्यमा शेयर कारोवारसम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने, कम्पनीले सार्वजनिक निष्काशन (IPO) गर्ने निर्णयलाई अनुमोदन गर्ने, कम्पनीको पूँजी वृद्धि तथा शेयर पूँजीसम्बन्धी प्रवन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विषयहरू समावेश छन्।

यस सभामा प्रस्तुत गरिने सबै प्रस्तावहरूमा सहभागिता जनाई निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न सम्पूर्ण शेयरधनीहरूलाई अनुरोध गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया