Nepal Life

बिन्ध्यबासिनी हाईड्रोपावरको आइपिओ बाँडफाँड, १ लाख ३६ हजार ५०० जना आवेदकले पाए शेयर

NMB Bank
  • BFIS News
  • 2022 Jun 17 22:53
बिन्ध्यबासिनी हाईड्रोपावरको आइपिओ बाँडफाँड, १ लाख ३६ हजार ५०० जना आवेदकले पाए शेयर
United Ajod

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज असार ०३ गते अपरान्ह ३:०० बजे निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा भएको छ।

Shikhar
Nepal Life
NIMB

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ।

कुल १७ लाख ९१ हजार ८ सय ९५ जना आवेदन मध्ये योग्य आवेदक १७ लाख ८९ हजार १ सय ५७ जनाले आवेदन दिएकोमा १६ लाख ५२ हजार ६सय ५७ जना आवेदकको हात खाली भएको छ।

बाँकी आवेदकमा १ लाख ३६ हजार ५०० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। हाईड्रोपावरको आइपिओमा २ करोड १ लाख ३९ हजार १ सय ९० कित्ताको लागि कुल रु.२.०१ अर्ब बराबरको आवेदन परेको थियो।

आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया