Nepal Life

झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Jul 23 11:05
झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्ने
United Ajod

काठमाडौं, साउन ७ — झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ (प्राथमिक शेयर) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आफ्नो कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर स्थानीय बासिन्दाका लागि निष्काशन गर्दैछ। यीमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर शिवसताक्षी नगरपालिका–४ स्थित सौर्य विद्युत आयोजना स्थल तथा १०० मिटर वरपरका प्रत्यक्ष प्रभावित बासिन्दालाई छुट्याइएको छ। बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो वडाका अन्य क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारणमा छुट्याइएको भागको १० प्रतिशत, अर्थात् ५७ हजार २९ कित्ता शेयर निष्काशन गरिनेछ। प्रतिकित्ता १०० रुपैयाँ दरमा हुने यस शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

निष्काशन म्याद:

स्थानीय बासिन्दाका लागि: साउन १४ गतेदेखि सुरु हुने आवेदन साउन २८ गते छिटोमा र भदौ १२ गतेसम्म ढिलोमा खुला रहनेछ।

विदेशमा रहेका नेपालीका लागि: साउन १४ गतेदेखि सुरु हुने आवेदन साउन १८ गते छिटोमा र साउन २८ गते ढिलोमा बन्द हुनेछ।

कम्पनीलाई इक्रा नेपालले दिएको रेटिङ ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस’ रहेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

झापा इनर्जी लिमिटेडले १० मेगावाट क्षमताको सौर्य विद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको विद्युत अनुमतिपत्रमा अझै २२ वर्ष बाँकी छ।

साधारण लगानी फिर्ता हुने अवधि इक्विटीको हिसाबले ९.५५ वर्ष र आयोजनाको हिसाबले ८.०६ वर्ष रहेको छ। डिस्काउन्टेड आधारमा इक्विटीमा लगानी फिर्ता हुने अवधि १३.४६ वर्ष र आयोजनामा १५.६६ वर्ष रहेको उल्लेख छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। स्थानीय बासिन्दाले हिमालयन बैंकका दुधे, दमक तथा सुरुङ्गा शाखा र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। उनीहरूले दरखास्त फारामको लागि २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

विदेशमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया