Nepal Life

सरकारले शेयर बजारलाई संबोधन गर्न नसक्दा भदौमा २६ करोडले घट्यो पूँजीगत लाभकर

NMB Bank
  • BFIS News
  • 2023 Sep 21 06:13
सरकारले शेयर बजारलाई संबोधन गर्न नसक्दा भदौमा २६ करोडले घट्यो पूँजीगत लाभकर
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले शेयर बजारका मुद्दालाई नजर अन्दाज गर्न नसक्दा राज्यको आम्दानीको स्रोतमै ठुलो गिरावट आएको छ । साउनको तुलनामा भदौमा सेयर बजारबाट संकलन हुने पुँजीगत लाभकर २६ करोड ८ लाख २२ हजार ५४३ रुपैयाँले घटेको छ ।

Shikhar
Nepal Life
NIMB

साउनमा पुँजीगत लाभकर ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ उठेको थियो । भदौमा १४ करोड ६९ हजार २४३ रुपैयाँ मात्र संकलन भएको छ । साउनको तुलनामा भदौमा संस्थागत लगानीकर्ताबाट उठ्ने कर, व्यक्तिगत अल्पकालीन र व्यक्तिगत दीर्घकालीन लगानीकर्ताबाट उठ्ने कर घटेको छ ।

साउनमा व्यक्तिगत अल्पकालीन लगानीकर्ताबाट २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ थियो । भदौमा ७ करोड ६६ लाख ५ हजार ४६७ रुपैयाँमा सीमित भएको छ ।

दीर्घकालीन लगानीकर्ताबाट साउन मसान्तसम्ममा १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । भदौमा ५ करोड ६७ लाख ६२ हजार ८७४ रुपैयाँ उठेको छ ।

संस्थागत लगानीकर्ताले साउनमा ७ करोड ४५ लाख ९४ हजार ६२ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । भदौमा ६७ लाख ९०१ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् ।

दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । साउनमा २४ दिन सेयर कारोबार भएको छ भने भदौमा १८ मात्रै सेयर कारोबार भएको छ ।

गत फागुन चैतदेखि साउनसम्म शेयर बजारमा लगातार सुधार देखियो । बजेटले आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउने, नयाँ बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने, आर्थिक मन्दी समाधान हुने, सरकारले आयात प्रतिवन्ध खुलाउने, राष्ट्र बैंकले शेयरधितो कर्जामा लगाउदै आएका सिमा तथा कडाइलाई खुकुलो पार्ने किसिमका चर्चा भयो । तर बजेट र मौद्रिक नीतिले ठोस रुपमा खासै संबोधन नगर्दा भदौ महिना शेयर बजारमा सर्वाधिक धेरै पेनिक देखियो । लगानीकर्ताले साउनमा नाफा बुक गरेर बाहिरिए । यसले गर्दा साउन महिनामा सर्वाधिक धेरै पूृँजीगत लाभकर उठ्यो । तर साउनमै लगानीकर्ता बाहिरिएकाले भदौ महिना बजार तल्लो विन्दुमा झर्यो । बजार तल्लो विन्दुमा झर्ने वित्तीकै नाफा हुनुको साट्टै उल्टै ठुलो घाटा बेहोर्नु पर्यो । यसले गर्दा साउन भन्दा भदौ महिना पूँजीगत लाभकर घटेको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया