Nepal Life

साउन १५ गतेदेखि दरमखोला हाइड्रो इनर्जीको आईपीओ सर्वसाधारणका लागि निष्काशन हुँदै

NMB Bank
  • BFIS News
  • 2025 Jul 24 12:32
साउन १५ गतेदेखि दरमखोला हाइड्रो इनर्जीको आईपीओ सर्वसाधारणका लागि निष्काशन हुँदै
United Ajod

काठमाडौं, साउन ८ – दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गरिएको निष्काशनपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ ल्याउन लागेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँ बराबरको जारी पूँजीको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो। यसमध्ये १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, २ लाख ९१ हजार ९५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, ५८ हजार ३९० कित्ता कर्मचारीका लागि र १ लाख ४५ हजार ९७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँडफाँट गरिसकिएको छ।

अब बाँकी रहेको २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो। प्रत्येक कित्ता १०० रुपैयाँ अंकित मूल्यमा रहनेछ। यसमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गतेसम्म खुला रहनेछ।

यस निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले हाल ९.६ मेगावाट क्षमताको दरम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २४ करोड ७९ लाख रुपैयाँ परेको छ। आयोजना निर्माण सम्पन्न भएपछि विद्युत उत्पादन अनुमति अवधि अझै २८ वर्ष बाँकी रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ९.८३ वर्ष र डिस्काउन्टमा फिर्ता हुने अवधि १७.९० वर्ष रहेको कम्पनीले जनाएको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट वा मेरोसेयर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया