Nepal Life

आक्रामक सुधारमा नाफा बुक गर्दा तीन हजारको अवरोधलाई ब्रेक गर्न कठिन, सेक्टरल हुन थाले लगानीकर्ता

NMB Bank
  • BFIS News
  • 2025 Jul 24 15:10
आक्रामक सुधारमा नाफा बुक गर्दा तीन हजारको अवरोधलाई ब्रेक गर्न कठिन, सेक्टरल हुन थाले लगानीकर्ता
United Ajod

काठमाडौं। यस साता शेयर बजारका लागि सबैभन्दा सुखद रह्यो। लामो समयदेखि डिप्रेस लगानीकर्तालाई एकाएक सुधारिएको बजारले सबैलाई व्युताइदिएको छ। आक्रामक सुधारमा लगानीकर्ताले नाफा बुक गर्दा बुधबार र बिहीबार इन्ट्राडे करेक्सन देखियो। 

Shikhar
Nepal Life
NIMB

इन्ट्रा डे करेक्सन सँगै लगानीकर्ताहरु सेक्टरल रुपमा सिफ्ट हुन थालेका छन्। बजार बढ्दै गर्दा सबै कम्पनीको शेयर मूल्यमा सुधार देखिए पनि अत्याधिक सुधार भएका कम्पनीबाट लगानीकर्ताहरु सेक्टरल हुन थालेका हुन्। यस सँगै आज लगानीकर्ताले होटल र हाइड्रोपावरमा आफ्नो लगानी सिफ्ट गरेका छन्। 

यस साता सबैभन्दा धेरै बीमा कम्पनी र बैंक वित्तीय संस्थामा अत्याधिक सुधार देखियो। बैंक वित्तीय संस्थामा जतिसुकै सुधार हुँदा पनि लगानीकर्ताले अझै पनि उचित मूल्य पाउन सकेका छैनन्। शेयर बजारमा ४.४८ अंकको सुधारमा १८ अर्ब ४९ करोडको खरिद बिक्री भएको छ। आज १२३ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १२७ वटा कम्पनीको शेयर मूल्यमा चरम गिरावट आएको छ। ग्रिन भेन्चर, ट्रेड टावर, सान्भी र स्वेत गंगाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज राधी ङादी ग्रुपको सबैभन्दा धेरै खरिद बिक्री भएको छ। 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया