Nepal Life

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिन आज अन्तिम मौका

NMB Bank
  • BFIS News
  • 2025 Jul 25 11:07
स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिन आज अन्तिम मौका
United Ajod

काठमाडौं, साउन ९ – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको प्रारम्भिक निष्काशन (आईपीओ) मा आवेदन दिन आज (साउन ९ गते) अन्तिम दिन रहेको छ। संस्थाले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गरेको हो।

Shikhar
Nepal Life
NIMB

संस्थाले जारी पूँजीको ४० प्रतिशतको रूपमा २ करोड ३१ लाख रुपैयाँ बराबरका २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। तीमध्ये १ हजार १५५ कित्ता कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २ लाख १८ हजार २९५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।

प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले स्वस्तिक लघुवित्तलाई 'इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट' प्रदान गरेको छ। यस रेटिङ्गले लघुवित्तको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

यस आईपीओको निष्काशन तथा बिक्री व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिन इच्छुक नेपालीले आजभित्रै आवेदन प्रक्रिया पूरा गर्नु पर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया