Nepal Life

राष्ट्र बैंकले छाप्ने ५० रुपैयाँका नयाँ नोट, ४२ करोड थानका लागि बोलपत्र आह्वान

NMB Bank
  • BFIS News
  • 2025 Jul 25 12:39
राष्ट्र बैंकले छाप्ने ५० रुपैयाँका नयाँ नोट, ४२ करोड थानका लागि बोलपत्र आह्वान
United Ajod

काठमाडौँ, साउन ९।   नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने तयारी गरेको छ। यसका लागि बैंकले आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै ४२ करोड थान नोट छाप्न इच्छुक कम्पनीहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनीहरूले आगामी सेप्टेम्बर ७ (भदौ २१ गते) भित्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ।

बोलपत्र पेस गर्ने कम्पनीहरूले २० हजार रुपैयाँ, वा १४६ अमेरिकी डलर, वा १२६ युरो, वा १०९ पाउन्ड बराबरको धरौटी रकम राख्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकले छनोट गरेका कम्पनीहरूले नोटको डिजाइन तयार गर्ने, छपाइ गर्ने र आपूर्ति गर्ने सम्पूर्ण प्रक्रिया जिम्मा लिनेछन्। नोट छपाइको प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने राष्ट्र बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया