Nepal Life

नेबिको लिमिटेडले सर्वसाधारणका लागि २० करोडको आईपीओ निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Jul 25 12:49
नेबिको लिमिटेडले सर्वसाधारणका लागि २० करोडको आईपीओ निष्काशन गर्ने
United Ajod

काठमाडौं, साउन ९।  नेपालको सबैभन्दा पुराना तथा प्रसिद्ध खाद्य उत्पादन कम्पनीमध्ये एक नेबिको लिमिटेडले सर्वसाधारणका लागि रु. २० करोड बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने भएको छ।

Shikhar
Nepal Life
NIMB

यस प्रयोजनका लागि कम्पनीले सिदार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौता साउन ८ गते सिदार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा हस्ताक्षर गरिएको हो।

वि.सं. २०२१ मा स्थापना भएको नेबिको लिमिटेडको मुख्य कारखाना बालाजु औद्योगिक क्षेत्रमा रहेको छ भने हेटौंडा र भैरहवामा समेत यसको उत्पादन इकाइहरू सञ्चालनमा छन्। कम्पनीको वार्षिक उत्पादन क्षमता १,५०० मेट्रिक टन रहेको छ। कम्पनीले बिस्कुट, कन्फेक्सनरी, कुकीज र सिरियल्स उत्पादन गर्दै आएको छ।

नेबिकोले निकट भविष्यमा बेकरी, वेफर तथा पफ उत्पादनहरूलाई देश तथा विदेशमा विस्तार गर्ने योजना अघि बढाएको छ। यसका लागि हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ प्लान्ट निर्माण कार्य भइरहेको छ भने आवश्यक मेसिनरी खरिद प्रक्रिया पनि सुरु भइसकेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया