Nepal Life

हकप्रद शेयर निष्काशनका लागि १२ कम्पनी पाइपलाइनमा, ४ बीमा ६ हाइड्रोपावर सहितले ५ अर्ब ९६ करोड उठाउदै

NMB Bank
  • BFIS News
  • 2025 Jul 26 08:45
हकप्रद शेयर निष्काशनका लागि १२ कम्पनी पाइपलाइनमा, ४ बीमा ६ हाइड्रोपावर सहितले ५ अर्ब ९६ करोड उठाउदै
United Ajod

काठमाडौं। नेपाल धितोपत्र बोर्डमा ६ हाइड्रोपावर कम्पनी, ४ बीमा कम्पनी सहित १२ वटा कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै निवेदन दिएका छन्। बोर्डमा उक्त कम्पनीहरुले शेयरधनीहरु सँग ५ अर्ब ९६ करोड रुपैयाँ थप पूँजी आह्वान गर्न लागेका हुन्। 

Shikhar
Nepal Life
NIMB

चार बीमा कम्पनीहरु सानिमा जिआइसी १७ प्रतिशत (३६ करोड ५५ लाख), प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी १७ प्रतिशत (७३ करोड तीन लाख २० हजार), प्रभु इन्स्योरेन्स ५०.१५ प्रतिशत (८३ करोड ५० लाख रुपैयाँ) र युनाइटेड अजोड १५ प्रतिशत (३१ करोड ५० लाख रुपैयाँ)को हकप्रद शेयर जारी गर्दै छन्। 

यता जलविद्युत कम्पनी तर्फ बाराही हाइड्रोपावर १०० प्रतिशत, सिइडिबि हाइड्रो ५४.५ प्रतिशत, बुद्धभुमी नेपाल हाइड्रोपावर १०० प्रतिशत, माइखोला १०० प्रतिशत, सगरमाथा जलविद्युत १०० प्रतिशत र हिमालयन पावरले ५० प्रतिशत हकप्रद शेयर जारी गर्दै छन्। नेपाल धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ भन्दा कम भएका कम्पनीले हकप्रद शेयर निष्काशन गर्न पाउदैनन्। यसले गर्दा पनि कम्पनीलाई हकप्रद शेयर जारी गर्न गाह्रो परिरहेको छ। विद्युत उत्पादकहरुले यसका लागि निरन्तर पहल गरिरहेका छन्। 

त्यस्तै नारायणी डेभलपमेन्टले पनि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। नेपाल राष्ट्र बैंकले हकप्रद शेयर निष्काशनका लागि विगतमा जस्तो कडा नीति नलिने देखिएको हुँदा यस वर्ष बैंकिङ समुहबाट हकप्रद शेयर निष्काशनका लागि राम्रै चहलपहल हुने निश्चित छ। दोस्रो बजारमा खासै शेयर कारोबार नहुने नेपाल ल्युव आयलले २०० प्रतिशत हकप्रद शेयर जारी गर्दैछ। 

यस आर्थिक वर्षमा तीन कम्पनीहरुले हकप्रद शेयर निष्काशनको अनुमति पाइसकेका छन्। शिवश्री र रिभर फल्सले १०० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति पाउदा सिटी होटलले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको हो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया