Nepal Life

फेरि आज राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्दै

NMB Bank
  • BFIS News
  • 2025 Jul 27 10:52
फेरि आज राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्दै
United Ajod

काठमाडौं, साउन ११।   बैंकिङ प्रणालीमा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले आज पुनः ५० अर्ब रुपैयाँ तान्ने भएको छ। 

Shikhar
Nepal Life
NIMB

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) को प्रयोग गर्दै सो रकम प्रणालीबाट बाहिर निकाल्न लागेको हो।

राष्ट्र बैंकका अनुसार आज (आइतबार) दिउँसो ३ बजे बोलकबोल प्रक्रिया (auction) हुनेछ। यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म भाग लिने गरी बोलकबोल गर्न सक्नेछन्। आह्वान गरिएको कुल रकमसम्म भाग जाने गरी बोलकबोल गर्नुपर्नेछ।

बोलकबोल ब्याजदरको आधारमा हुनेछ भने बैंकहरूले बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन्। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकका अनुसार यो २८ दिने अवधिको निक्षेप संकलन हुनेछ र यसको साँवा तथा ब्याज भदौ ८ गते भुक्तानी गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया