Nepal Life

तीन हजार विन्दु नाघेको नेप्से फेरि घट्यो, २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार

NMB Bank
  • BFIS News
  • 2025 Jul 27 15:47
तीन हजार विन्दु नाघेको नेप्से फेरि घट्यो, २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार
United Ajod

काठमाडौं, साउन ११।  साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.४४ अंकले घटेर २,९६४.२० विन्दुमा थामिएको छ।

Shikhar
Nepal Life
NIMB

कारोबारको मध्य भागमा ३ हजार विन्दु पार गर्न सफल भए पनि बजार अन्त्यमा ओरालो लाग्दै बन्द भएको हो।

नेप्से आज ०.६१ प्रतिशतले घटेको छ। प्रि-ओपनिङ सेसनमा २ अंकले बढेर २,९८४ विन्दुमा खुलेको बजार दिउँसो १२:५० बजे ३,०१३ विन्दुसम्म पुगेको थियो। तर त्यसपछि बजारमा दबाब देखिँदै अन्त्यमा नेप्से ३ हजार विन्दुभन्दा तल झरेको हो।

आजको कारोबारमा कूल ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच भएका छन्, जसबाट कुल कारोबार रकम २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ रुपैयाँ पुगेको छ।

कारोबारमा संलग्न कम्पनीहरूमध्ये ६३ वटाको सेयर मूल्य बढेको छ भने १८६ वटाको घटेको देखिएको छ।

उल्लेखनीय रूपमा, समता घरेलु लघुवित्तट्रेड टावर का सेयरधनीहरूले आज १० प्रतिशत नाफा कमाएका छन्। अर्कोतर्फ, नारायणी डेभलपमेन्ट बैंक का सेयरधनीहरूले भने ६.४ प्रतिशत गुमाएका छन्।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ, जसको सबैभन्दा धेरै सेयर कारोबार भएको छ।

करिब एक वर्षपछि बजारले ३ हजार विन्दु पार गरेको भए पनि सो स्तर कायम राख्न नसक्दा लगानीकर्तामा पुनः सतर्कता बढेको देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया