Nepal Life

राष्ट्र बैंकले १ अर्ब रुपैयाँ मुद्दती खातामा राख्ने, प्रस्ताव आह्वान

NMB Bank
  • BFIS News
  • 2025 Jul 27 21:44
राष्ट्र बैंकले १ अर्ब रुपैयाँ मुद्दती खातामा राख्ने, प्रस्ताव आह्वान
United Ajod

काठमाडौं।   नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती खातामा राख्ने भएको छ। उक्त रकम राख्नका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव पेश गर्न सूचना जारी गरिएको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ एक वर्षको अवधिका लागि मुद्दती खातामा राख्न लागेको हो। सो रकममध्ये ८० करोड रुपैयाँ वाणिज्य बैंकहरूमा, १५ करोड रुपैयाँ विकास बैंकहरूमा र ५ करोड रुपैयाँ वित्त कम्पनीहरूमा राखिनेछ।

राष्ट्र बैंकले साउन १४ गतेसम्म आफूले प्रस्ताव गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले पेश गर्नुपर्ने ब्याजदरसहितको प्रस्ताव पठाउन अनुरोध गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया