Nepal Life

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० सम्म थप

NMB Bank
  • BFIS News
  • 2025 Jul 29 08:23
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० सम्म थप
United Ajod

काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको ४२ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्म थप गरिएको छ। कम्पनीले असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको हो।

Shikhar
Nepal Life
NIMB

हाल कायम रहेका १० कित्ता शेयर बराबर नयाँ ४.२ कित्ताको अनुपातमा हकप्रद निष्कासन गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता शेयर निष्कासन गरिरहेको छ, जसको कुल मूल्य १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबर हुन्छ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो। सो अनुसार, जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन्।

यस निष्कासनको क्रेडिट रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई "आईआरएन ए माइनस (IRN A-)" इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीले वित्तीय दायित्व समयमा पूरा गर्ने पर्याप्त क्षमताको संकेत गर्दछ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक शेयरधनीहरूले मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सका कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूको शाखा तथा CDSC को ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल एशियन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी बढेर ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया