Nepal Life

एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ४६ करोडभन्दा बढी ऋण लगानी

NMB Bank
  • BFIS News
  • 2025 Jul 29 08:49
एनएमबि बैंकद्वारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ४६ करोडभन्दा बढी ऋण लगानी
United Ajod

काठमाडौं । एनएमबि बैंक लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकास्थित २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

उक्त आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहनेछ। आयोजनाको कुल लागत करिब ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहेकोमा बैंकले ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ बराबरको ऋण लगानी गर्नेछ।

सम्बन्धमा आयोजित कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रस्तावित आयोजना तोकिएको लागत तथा समयमा सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावर लिमिटेडलाई आग्रह गरे। जवाफमा कम्पनीका अध्यक्ष शरद कुमार दाहालले परियोजनाको वित्तीय व्यवस्थापनमा साथ दिएकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय सरकारसँग सहकार्य गर्ने योजना पनि बताए।

यसअघि मन्दाकिनी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना वि.सं. २०७४ मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ। सो आयोजनामा पनि एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी गरिएको थियो।

नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार गरी कार्यान्वयन गरिसकेको छ। यसैअनुसार, बैंकले आयोजना सम्बन्धित पर्यावरण तथा सामाजिक जोखिम व्यवस्थापनका लागि Environmental and Social Management System (ESMS) समेत लागु गरेको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया