Nepal Life

गोदावरीमा अन्तर्राष्ट्रिय स्तरको गोदावरी फरेस्ट होटल: बेस्ट वेस्टर्न प्लसको व्यवस्थापन, झन्डै २ अर्ब लगानी

NMB Bank
  • BFIS News
  • 2025 Jul 29 14:06
गोदावरीमा अन्तर्राष्ट्रिय स्तरको गोदावरी फरेस्ट होटल: बेस्ट वेस्टर्न प्लसको व्यवस्थापन, झन्डै २ अर्ब लगानी
United Ajod

काठमाडौं। ललितपुरको शान्त र हरियालीले भरिएको गोदावरी क्षेत्रमा निर्माण सम्पन्न हुन लागेको आधुनिक ‘गोदावरी फरेस्ट होटल’ अब अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी ब्राण्ड ‘बेस्ट वेस्टर्न प्लस’ को व्यवस्थापनमा सञ्चालनमा आउने भएको छ।

Shikhar
Nepal Life
NIMB

कुशन्द्र महत, कल्याण जोशी, राजेन्द्र भण्डारी, युवराज श्रेष्ठ, मदनलाल जोशी लगायत अन्य लगानीकर्ताहरूको संयुक्त लगानीमा स्थापना गरिएको यस होटलको उद्घाटन सन् २०२५ को दशैंअघि गरिने तयारी गरिएको छ।

झण्डै १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको लगानीमा निर्माण गरिएको ‘गोदावरी फरेस्ट होटल’ अत्याधुनिक पूर्वाधार र सेवा सुविधासहित सञ्चालनमा ल्याइनेछ।

यस होटलमा ८३ वटा लग्जरी कोठा, ३ वटा मिटिङ हल, १ बोर्ड रूम, १ इनफिनिटी पूल, २ रेष्टुरेन्ट, तथा ३ सयभन्दा बढी व्यक्तिको क्षमता भएको इभेन्ट स्थल रहनेछ।

‘गोदावरी फरेस्ट होटल’ प्राकृतिक सुन्दरता र शान्त वातावरणबीच विश्राम, व्यवसायिक मिटिङ तथा ठूला सामाजिक/प्रारम्भिक कार्यक्रमहरू आयोजना गर्न उपयुक्त गन्तव्यका रूपमा अघि बढ्नेछ।

होटलको व्यवस्थापन बेस्ट वेस्टर्न होटल एण्ड रिसोर्ट्सले गर्नेछ, जसले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै उच्चस्तरीय हस्पिटालिटी अनुभव दिन होटलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया