Nepal Life

नेपाल पुनर्बीमा कम्पनीले सत प्रतिशत हकप्रद शेयर जारी गर्ने, हकप्रदको भित्री सूचनाले शेयर मूल्यमा एक महिनादेखि उछाल

NMB Bank
  • BFIS News
  • 2025 Jul 31 11:06
नेपाल पुनर्बीमा कम्पनीले सत प्रतिशत हकप्रद शेयर जारी गर्ने, हकप्रदको भित्री सूचनाले शेयर मूल्यमा एक महिनादेखि उछाल
United Ajod

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले नेपाल स्टक एक्सचेन्ज मार्फत शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जानकारी प्रदान गरेको छ। 

Shikhar
Nepal Life
NIMB

हाल कम्पनीको चुक्ता पूँजी ११ अर्ब २७ करोड रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २२ अर्ब ५४ करोड पुग्नेछ। कम्पनीको ठुलो शेयरधनी नेपाल सरकारले हकप्रद निष्काशनका लागि अनुमति दिए सँगै कम्पनीले यस्तो घोषणा गरेको हो। 

कम्पनीलाई हकप्रद शेयर जारी गर्ने नेपाल सरकारले विगत ३ वर्षदेखि रोक्दै आएको थियो। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको पूँजी बृद्धि योजना ल्याउदा समेत सरकारले नेपाल पुनर्बीमालाई भने हकप्रद शेयर मार्फत पूँजी जुटाउन अनुमति दिएको थिएन। कम्पनीलाई पूँजी बराबर पनि व्यवसाय गर्न नसकेको भन्दै हकप्रद शेयर जारी गर्न रोक लगाएको थियो। अव कम्पनीले नेपाल बीमा प्राधिकरणबाट अनुमति लिएर साधारणभामा निष्काशनको प्रस्ताव गर्नेछ।

कम्पनीले साधारणभाबाट हकप्रद शेयरको प्रस्ताव पारित गरेपछि मात्रै नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिनेछ। बोर्डले अनुमति दिए पछि मात्रै कम्पनीले हकप्रद शेयर जारी गर्न सक्नेछ। तीन वर्ष अगाडी पनि कम्पनीले हकप्रद शेयर जारी गर्ने हल्लाका कारण २ हजार रुपैयाँसम्म पुगेको शेयर मूल्य यस वर्ष पनि १६६० रुपैयाँ पुगेको छ। यहि रफ्तारमा कम्पनीको शेयर मूल्य २ हजार नाघ्ने देखिएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया