Nepal Life

बागमती प्रदेश सरकार सँग बीमा विषय अन्तक्रिया सम्पन्न, ग्रामीण क्षेत्रमा बीमाको पहुँच पुर्याउन जोड

NMB Bank
  • BFIS News
  • 2023 Sep 21 17:40
बागमती प्रदेश सरकार सँग बीमा विषय अन्तक्रिया सम्पन्न, ग्रामीण क्षेत्रमा बीमाको पहुँच पुर्याउन जोड
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Shikhar
Nepal Life
NIMB

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्यका साथ अघि बढ्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रका नागरिकसम्म बीमाको पहुँच पुर्याउन र बीमा दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउन ध्यानाकर्षण गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बीमा नीति निर्माणका साथै बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकारसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए ।

अध्यक्ष सिलवालले प्रदेश सरकारले अनुदानको रकम घटाएर विपन्न बर्गको बीमा गर्नु उपयुक्त हुने सुझाव दिदै बीमाबाट विपन्न बर्गको आर्थिक रक्षावरण हुनुका साथै गरीबी न्यूनीकरणमा समेत योगदान पुग्ने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सवेदीले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बीमाका बारेमा नागरिकलाई जानकारी दिई बीमा गर्न प्रेरित गर्नुपर्ने, प्रदेश सरकारले नै लोपोन्मुख जातिको बीमा गर्नु उचित हुने, बीमा दाबी भुक्तानी प्रक्रिया सरल एवम् सहज हुनुपर्ने, बीमा कम्पनीहरू गाउँ गाउँमा जानुपर्ने, बीमा कम्पनीले निर्जीवन बीमा खुशी भएर गर्ने तर बीमा दाबी दिँदा भने दुःख दिने प्रवृत्ति हटाउनुपर्ने, बीमालेखलाई सरल र छोटो बनाउनुपर्ने लगायतका धारणा राखेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका मन्त्री, प्रमुख सचिव, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश मन्त्रालयहरूका सचिव, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया