Nepal Life

खानी खोला हाइड्रोपावर कम्पनीले भदौ ३ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 01 11:29
खानी खोला हाइड्रोपावर कम्पनीले भदौ ३ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
United Ajod

काठमाडौं। खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो, जसअनुसार १ कित्ता पुरानो शेयर बराबर १ कित्ता नयाँ हकप्रद शेयर पाइनेछ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ हुनेछ।

हकप्रद शेयरका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको छ। त्यसअघिको दिन, अर्थात् असार २६ गतेसम्म नेप्सेमा कारोबार भई नाम रहेको शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद भदौ २३ गतेसम्म कायम रहेको छ।

कम्पनीको हकप्रद शेयर निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले ‘इक्राएनपी सिंगल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडलाई दिइएको छ। लगानीकर्ताले सिटिजन्स क्यापिटल, कुमारी बैंकको ललितपुर शाखा तथा सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखाबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत र ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल खानी खोला हाइड्रोपावरको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी दोब्बर भएर ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ।

हकप्रद शेयरबाट संकलित रकम कम्पनीको ऋण घटाउने, ब्याज खर्च न्यूनिकरण गर्ने, वित्तीय स्थिति सुदृढ बनाउने तथा इक्विटी अभिवृद्धिमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया