Nepal Life

आरएसडिसी लघुवित्तको वितरणयोग्य मुनाफा २६ प्रतिशतले बढ्यो, लाभांश दिन सक्ने क्षमता ७ प्रतिशत

NMB Bank
  • BFIS News
  • 2025 Aug 01 12:08
आरएसडिसी लघुवित्तको वितरणयोग्य मुनाफा २६ प्रतिशतले बढ्यो, लाभांश दिन सक्ने क्षमता ७ प्रतिशत
United Ajod

काठमाडौं, साउन १६ गते। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार, कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रुपमा घटेको देखिएको छ।

Shikhar
Nepal Life
NIMB

आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १४ करोड १७ लाख रुपैयाँ नाफाको तुलनामा २७.१९ प्रतिशतले कम हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्नु नै नाफा घट्नुको मुख्य कारण बनेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.५४ प्रतिशतले घटेको छ भने अन्य सञ्चालन आम्दानीमा ६९.६९ प्रतिशतको गिरावट आएको छ। यसका साथै, कुल सञ्चालन आम्दानी २४.५१ प्रतिशतले घट्दा सञ्चालन मुनाफा समेत ४०.३९ प्रतिशतले घटेको देखिएको छ।

लघुवित्तको वितरणयोग्य मुनाफा ८ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ७ रुपैयाँ ९८ पैसा रहेको छ। यस्तै, प्रतिशेयर आम्दानी (EPS) पनि घटेर ९ रुपैयाँ ९८ पैसामा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५ रुपैयाँ ३ पैसाले कम हो। कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) ७०.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ९५ पैसा कायम भएको छ।

आरएसडिसी लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड ८३ लाख रुपैयाँ सञ्चित गरिएको छ। कम्पनीले ६ अर्ब ८० करोड ९० लाख रुपैयाँ सापटीबाट ६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया