Nepal Life

सवारी चालक अनुमतिपत्रको अवधि अब १० वर्ष हुने

NMB Bank
  • BFIS News
  • 2025 Aug 01 17:34
सवारी चालक अनुमतिपत्रको अवधि अब १० वर्ष हुने
United Ajod

काठमाडौं, साउन १६ गते। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब ५ वर्ष होइन, १० वर्षका लागि मान्य हुने भएको छ। सरकारले "केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक" राजपत्रमा प्रकाशित गरी लागू गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो।

Shikhar
Nepal Life
NIMB

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा ३ मा रहेको ‘पाँच वर्षसम्म’ भन्ने शब्दलाई संशोधन गरी ‘दश वर्षसम्म’ बनाइएको छ। यससँगै नयाँरूपमा जारी हुने लाइसेन्स तथा नवीकरण गरिने लाइसेन्स दुबै १० वर्षका लागि मान्य हुनेछन्।

प्रतिनिधि सभाबाट पारित "केही नेपाल ऐन संशोधन विधेयक" मार्फत लाइसेन्स अवधि बढाउने निर्णय गरिएको हो। यसअघि सवारी चालक अनुमतिपत्र पाँच वर्षका लागि मात्रै मान्य हुने व्यवस्था थियो।

नयाँ संशोधित व्यवस्थाले सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत सहभागिता जनाउन अनुमति दिने प्रावधानसमेत समावेश गरेको छ। यसले सवारी तथा यातायात प्रणालीलाई थप प्रभावकारी र आधुनिक बनाउने सरकारको अपेक्षा छ।

सरकारको निर्णयसँगै अब सवारी चालकले लामो समयसम्म लाइसेन्स नवीकरणको झन्झट बेहोर्नु नपर्ने भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया