Nepal Life

राष्ट्र बैंकले फेरि ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्दै, आज दिउँसो बोलकबोल हुने

NMB Bank
  • BFIS News
  • 2025 Aug 03 13:37
राष्ट्र बैंकले फेरि ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्दै, आज दिउँसो बोलकबोल हुने
United Ajod

काठमाडौं, साउन १८।  बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले पुनः ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने तयारी गरेको छ।

Shikhar
Nepal Life
NIMB

आज (शनिबार) दिउँसो ३ बजे यसका लागि बोलकबोल प्रक्रिया हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको सूचनाअनुसार, निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँको भागमा प्रस्ताव पेश गर्न सक्नेछन्। रकम मागभन्दा बढी प्रस्ताव आएमा निःशेष (pro-rata) वितरण हुने जनाइएको छ।

बोलकबोल प्रक्रिया ब्याजदरको आधारमा हुनेछ भने बहुब्याजदर प्रणालीमार्फत पनि प्रस्ताव दिन सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।

यो निक्षेप संकलन ४२ दिन अवधिको हुनेछ, जसको भदौ २९ गते साँवा र ब्याजसहित भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पछिल्लो समय बजारबाट निरन्तर रुपमा नगद संकलन गर्दै आएको छ। बैंकिङ प्रणालीमा तरलता प्रशस्त हुँदा यसले मुद्रास्फीतिमा समेत प्रभाव पार्न सक्ने भएकाले राष्ट्र बैंकको यस्तो कदमलाई मौद्रिक नीतिसँग मेल खाने रणनीतिक पहलको रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया