Nepal Life

नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद शेयर निष्कासन प्रस्ताव सेबोनबाट स्वीकृत

NMB Bank
  • BFIS News
  • 2025 Aug 03 13:53
नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद शेयर निष्कासन प्रस्ताव सेबोनबाट स्वीकृत
United Ajod

काठमाडौं, साउन १८।   नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले प्रस्ताव गरेको १०० प्रतिशत हकप्रद शेयर निष्कासनलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति प्रदान गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले हालका शेयरधनीहरूलाई १:१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। यस शेयरको कुल मूल्य २६ करोड २४ लाख रुपैयाँ हुनेछ।

हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासनपछि चुक्ता पूँजी ५२ करोड ४९ लाख रुपैयाँ पुग्नेछ।

यस हकप्रद निष्कासनको इस्यु म्यानेजरको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेड लाई दिइएको छ।

हालसम्मको कारोबार अनुसार, नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य रु. १,६५८.७६ मा बन्द भएको छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया