Nepal Life

८ कारोबार दिनपछि पुनः नेप्से २९०० विन्दु मुनि झर्‍यो

NMB Bank
  • BFIS News
  • 2025 Aug 03 15:31
८ कारोबार दिनपछि पुनः नेप्से २९०० विन्दु मुनि झर्‍यो
United Ajod

काठमाडौं, साउन १८।  साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीव्र गिरावटसँगै २९०० विन्दु मुनि झरेको छ। नेप्से परिसूचक ८ कारोबार दिनपछि पहिलोपटक २९०० विन्दु तल झरेको हो।

Shikhar
Nepal Life
NIMB

आइतबार नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स १०.३७ अंकले घट्दा फ्लोट इण्डेक्स ४.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंकले घटेका छन्।

कारोबार रकम समेत घटेको देखिएको छ। गत बिहीबार १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आइतबार ३१९ स्टकको १ लाख ५२ हजार ५१८ पटकको कारोबारमा १३ अर्ब ७ करोड ५० लाख ४ हजार रुपैयाँ बराबरको ३ करोड २२ लाख ६० हजार कित्ता शेयर किनबेच भएको हो।

यस दिन दुई स्टक — ट्रेड टावरशिव श्री हाइड्रोपावर — ले सकारात्मक सर्किट लेभल छोएको छ। थ्रि स्टार हाइड्रोपावर को शेयर मूल्य पनि साढे ४ प्रतिशतले बढेको छ। बाँकी स्टकहरूको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रह्यो। सान्भि इनर्जी को शेयर भने नकारात्मक सर्किट लेभलमा झरेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो। त्यसपछि हिमालयन रि इन्स्योरेन्स को ७१ करोड रुपैयाँ र हिमालयन डिष्टिलरी को करिब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेमा रहेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये ‘अन्य’ उपसमूह सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ। लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने बैंकिङ्ग, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया