Nepal Life

स्वाभिमान लघुवित्तको ५% बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा पठाइयो

NMB Bank
  • BFIS News
  • 2025 Aug 04 12:14
स्वाभिमान लघुवित्तको ५% बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा पठाइयो
United Ajod

काठमाडौं, साउन १९।   स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले आफ्ना लगानीकर्ताहरूलाई वितरण गर्न स्वीकृत ५% बोनस सेयर सीधा डिम्याट खातामा पठाइसकेको छ। कम्पनीले सेयरधनीहरूलाई बाँकी सेयर डिजिटलरूपमा रूपान्तरण (डिम्याट) गर्न आग्रह गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले २०८२ सालको वैशाख १९ गते सम्पन्न आठौं वार्षिक साधारणसभाबाट ५.२६३२% लाभांश पारित गरेको थियो, जसअन्तर्गत ५% बोनस सेयर र ०.२६३२% नगद लाभांश (करसहित) दिने निर्णय गरिएको थियो।

बोनस सेयरहरू अहिले सेयरधनीहरूको डिम्याट खातामा जम्मा भइसकेका छन्। यससँगै कम्पनीले अझै डिम्याट नगरेका सेयरधनीहरूलाई चाँडो डिम्याट प्रक्रियामा जान र डिम्याट खातामा बैंक विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

स्वाभिमान लघुवित्तको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेको छ।

हाल लेख्दा कम्पनीको अन्तिम कारोबार मूल्य (LTP) प्रति सेयर रु. १,७६७.०५ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया