Nepal Life

बजार बन्द भएपछि नेप्सेको वेबसाइट डाउन, लगानीकर्ता अन्योलमा

NMB Bank
  • BFIS News
  • 2025 Aug 04 16:26
बजार बन्द भएपछि नेप्सेको वेबसाइट डाउन, लगानीकर्ता अन्योलमा
United Ajod

काठमाडौं, साउन १९।   नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइट आज बजार बन्द भएलगत्तै डाउन भएपछि लगानीकर्ता बजारको वास्तविक कारोबार विवरण पाउन नसक्दा अन्योलमा परेका छन्।

Shikhar
Nepal Life
NIMB

प्रत्येक दिन बजार बन्द भएको करिब २०–२२ मिनेटपछि नेप्सेले दिनभरको कारोबार विवरण सार्वजनिक गर्दै आएको छ। तर, सोमबार बजार बन्द भएको झण्डै १ घण्टा बितिसक्दा पनि वेबसाइट खुल्न नसकेपछि लगानीकर्ताहरूमा अनिश्चितता बढेको हो।

नेप्सेका प्रवक्ताका अनुसार वेबसाइट डाउन हुनुको कारण प्राविधिक समस्या हुनसक्ने बताइएको छ। “प्राविधिक टिमले समस्या पहिचान गर्ने कार्य गरिरहेको छ,” प्रवक्ताले भने।

यो समाचार तयार पार्दासम्म पनि नेप्सेको वेबसाइट पुनः सञ्चालनमा आउन सकेको छैन। लगानीकर्ताहरूले बजारको अन्तिम तथ्यांक, स्टक मूल्य, कारोबार रकमलगायत विवरणहरू थाहा नपाउँदा कारोबार विश्लेषण गर्न कठिन भएको गुनासो गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया