Nepal Life

नेपाललाई जापान र विश्व बैंकको ऋणमा झण्डै दोब्बर ब्याजदर, सरकार दबाबमा

NMB Bank
  • BFIS News
  • 2025 Aug 05 12:07
नेपाललाई जापान र विश्व बैंकको ऋणमा झण्डै दोब्बर ब्याजदर, सरकार दबाबमा
United Ajod

काठमाडौं, साउन २०। नेपालको प्रमुख ऋणदाता जापान सरकार र विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास सहायता संस्था (IDA) ले नेपाललाई दिने ऋणको ब्याजदर झण्डै दोब्बरले बढाएका छन्। यसले सरकारलाई गम्भीर दबाबमा पारेको छ।

Shikhar
Nepal Life
NIMB

हालसम्म ०.७५ प्रतिशत ब्याजदरमा ऋण दिँदै आएको विश्व बैंकले अब नयाँ आयोजना लागि ब्याजदर १.५ प्रतिशत पुर्याएको छ। यस्तै, जापान सरकारले विगतमा ०.२ प्रतिशत वा सोभन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएकोमा अहिले त्यो दर १.३ प्रतिशतदेखि १.९ प्रतिशतसम्म पुर्याउने घोषणा गरेको छ।

दुबै प्रमुख ऋणदाताले झण्डै एकै समयमा ब्याजदर बढाउनु संयोग मात्र हो कि यसको पछाडि अन्य रणनीतिक कारण छन् भन्ने प्रश्न समेत उठेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८२ जेठ मसान्तसम्म नेपालको कुल ऋण २६ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। जसमा १३ खर्ब ८२ अर्ब रुपैयाँ वैदेशिक ऋण रहेको छ। तीमध्ये झण्डै आधा — ६ खर्ब ७० अर्ब रुपैयाँ — विश्व बैंकको आईडीएसँगको ऋण हो, जुन कुल वैदेशिक ऋणको ४८.५५ प्रतिशत हो।

ब्याजदर वृद्धि भएपछि अर्थमन्त्रालयमा समेत चिन्ता देखिएको छ। एक वरिष्ठ अधिकारीले ‘अहिलेको जस्तो ब्याजदरमा पहिले झैं सजिलै ऋण तिर्न सकिने अवस्था नरहेको’ बताए।

“सस्तो ब्याजदरको लोभमा अघिल्लो समयमा मनपरी ऋण लिइन्थ्यो,” उनले भने, “अब सोच-विचार गरेर मात्र ऋण लिनुपर्ने बाध्यता आएको छ। यदि सावधानीपूर्वक ऋण लिने हो भने बढ्दो ब्याजदर पनि नेपालको लागि दीर्घकालीन अवसर बन्न सक्छ। तर, मनपरी ढंगले ऋण लिन थालिए टाट पल्टिने जोखिम नजिकिनेछ।”

सरकारले अब वैदेशिक ऋण नीति पुनरावलोकन गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ। वित्तीय विशेषज्ञहरू आगामी दिनमा ऋण संरचनालाई सन्तुलित बनाउन योजना निर्माण आवश्यक भएको सुझाव दिन थालेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया