Nepal Life

बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 06 10:55
बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
United Ajod

काठमाडौं, साउन २१ – बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी बराबरको १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले १८८ मेगावाट क्षमताको सुर्के दुधकोशी जलविद्युत आयोजना निर्माण तथा विकासमा लगानी गर्नका लागि हकप्रद शेयर ल्याउन लागेको हो। यस योजनाअन्तर्गत कम्पनीले हाल कायम ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी बराबरको ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद शेयर जारी गर्नेछ।

उक्त हकप्रद शेयर विद्युत नियमन आयोगबाट आवश्यक स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भइसकेपछि मात्रै जारी गरिने कम्पनीले जनाएको छ। बलेफी हाइड्रोपावरको यो निर्णयले जलविद्युत क्षेत्रमा थप लगानी प्रवाह गराउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया