Nepal Life

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको मुनाफा १३ करोड १७ लाख, नाफाबाट ८ प्रतिशत लाभांश दिन सक्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 06 11:04
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको मुनाफा १३ करोड १७ लाख, नाफाबाट ८ प्रतिशत लाभांश दिन सक्ने
United Ajod

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा घटेको छ।

Shikhar
Nepal Life
NIMB

असार मसान्तसम्ममा लघुवित्तले १३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.३४ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद नाफा घट्नुमा मुख्य कारण कम्पनीको ब्याज आम्दानीमा आएको कमी हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८१ प्रतिशतले घटेको छ भने, फि तथा कमिशन आम्दानी समेत ७२.४३ प्रतिशतले घटेको छ। यसैगरी, कुल सञ्चालन आम्दानी ३४.११ प्रतिशत र सञ्चालन मुनाफा ११ प्रतिशतले घटेको विवरणमा उल्लेख गरिएको छ।

नाफामा आएको गिरावटले लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) मा समेत असर परेको छ। समीक्षावधिमा EPS घटेर ९ रुपैयाँ ७९ पैसामा झरेको छ, जुन अघिल्लो अवधिको तुलनामा १ रुपैयाँ ६० पैसाले कम हो। कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) ८१.५८ गुणा रहेको छ।

कम्पनीले हालसम्म १० करोड ७८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा संकलन गरेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ८ रुपैयाँ २ पैसा रहेको छ।

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा हाल ४२ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले ४ अर्ब ९० करोड ९६ लाख रुपैयाँ सापटी लिई ६ अर्ब ९ करोड ७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया