Nepal Life

छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामी आज बन्द हुँदै

NMB Bank
  • BFIS News
  • 2025 Aug 06 11:40
छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामी आज बन्द हुँदै
United Ajod

काठमाडौं, साउन २१।  छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले जारी गरेको अवितरित हकप्रद सेयरको लिलामी आज साउन २१ गते, मंगलवार, बन्द हुँदैछ। कम्पनीले साउन १४ गतेदेखि लिलामी प्रक्रिया सुरु गरेको थियो।

Shikhar
Nepal Life
NIMB

यस लिलामीमा कम्पनीले आफ्ना अघिल्ला १:१ अनुपातका हकप्रद सेयर निष्कासनका क्रममा बाँकी रहेका २ लाख ९८ हजार ८३२ कित्ता सेयर बिक्रीका लागि ल्याएको हो। कम्पनीले जेठ २३ देखि असार १२ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो।

कुल ३८,६९,७७५ कित्ता हकप्रद सेयरमध्ये ३५,७०,९४३ कित्ता (९२.२८%) सेयर योग्य आवेदनदातालाई बाँडफाँट गरिएको थियो। बाँकी २,९८,८३२ कित्ता (७.७२%) सेयर योग्य शेयरधनीहरूले नलिएको हुँदा ती सेयर लिलामीमार्फत सर्वसाधारण र संस्थागत लगानीकर्तालाई बिक्री गर्न लागिएको हो।

लिलामीमा व्यक्तिगत तथा संस्थागत दुबै लगानीकर्ताहरूले सहभागिता जनाउन सक्नेछन्।

यो लिलामीको इश्यू म्यानेजरको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ। लिलामीमा न्यूनतम बोलकबोल दर प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने न्यूनतम १०० कित्ताको आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले सबै अवितरित सेयरमा समेत आवेदन दिन सक्नेछन्, तर नियामक संस्थाले तोकेको अधिकतम सीमा ननाघ्ने गरी आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया