Nepal Life

भक्तपुरमा फाइभ स्टार स्तरीय सेवाको तयारी गर्दै होटल भदगाउँ एण्ड रिसोर्ट, रु १५ करोड बराबरको आईपीओ जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Aug 06 15:11
भक्तपुरमा फाइभ स्टार स्तरीय सेवाको तयारी गर्दै होटल भदगाउँ एण्ड रिसोर्ट, रु १५ करोड बराबरको आईपीओ जारी गर्ने
United Ajod

काठमाडौं, साउन २१।  भक्तपुरस्थित होटल भदगाउँ एण्ड रिसोर्टले फाइभ स्टार स्तरीय सेवा विस्तारको लक्ष्यसहित रु १५ करोड बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने घोषणा गरेको छ। कम्पनीले कुल १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

Shikhar
Nepal Life
NIMB

सन् २०२१ देखि सञ्चालनमा रहेको होटलले नेवा वास्तुकलासँग आधुनिक सुविधा संयोजन गर्दै सेवा प्रदान गर्दै आएको छ। फाइभ स्टार स्तरीय स्तरोन्नति योजनाअन्तर्गत होटलले थप १०० डिलक्स कोठा, स्पा, फिटनेस सेन्टर, सम्मेलन हल तथा डेस्टिनेसन वेडिङका लागि आवश्यक संरचना निर्माण गर्ने लक्ष्य राखेको छ।

उक्त आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पाएको छ। सेयर निष्कासनबाट संकलन हुने पूँजी हरित पर्यटन प्रवर्द्धन, प्रविधिमैत्री सेवा प्रणाली विकास तथा दिगो विकास लक्ष्य (SDGs) सँग समन्वयमा प्रयोग गरिने बताइएको छ।

सेवा विस्तारले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै भक्तपुरलाई नेपालको प्रमुख सांस्कृतिक गन्तव्यको रूपमा थप स्थापित गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया