Nepal Life

लगानीकर्ता दिपेन्द्र अग्रवालकी पत्नीबाट ठगीको उजुरीपछि ब्रोकर २२ का जीएम पक्राउ

NMB Bank
  • BFIS News
  • 2025 Aug 06 15:20
लगानीकर्ता दिपेन्द्र अग्रवालकी पत्नीबाट ठगीको उजुरीपछि ब्रोकर २२ का जीएम पक्राउ
United Ajod

काठमाडौं, साउन २१।  ब्रोकर नम्बर २२, सिप्रबी सेक्युरिटिज प्रा.लि.का महाप्रबन्धकलाई ठगीसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

Shikhar
Nepal Life
NIMB

लगानीकर्ता दिपेन्द्र अग्रवालकी पत्नी मीता मुरारका अग्रवालले करिब रु ११ करोड ५५ लाख ठगी गरेको आरोप लगाउँदै दिएको उजुरीपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।

उक्त उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिंहदरबारले अनुसन्धान थाल्दै कम्पनीका अध्यक्ष, प्रबन्ध निर्देशक, महाप्रबन्धक र एक वरिष्ठ अधिकृत गरी चार जनालाई संलग्नको रूपमा नामावली सार्वजनिक गरेको छ। असार ९ गते चारै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म महाप्रबन्धक मात्र साउन २० गते पक्राउ परेका छन्।

उक्त विवाद सिप्रबी सेक्युरिटिजसँग जोडिएका कारोबारहरूमार्फत उत्पन्न भएको हो। यसै प्रकरणमा लगानीकर्ता दिपेन्द्र अग्रवाललाई समेत प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो। पछि उनलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार धरौटीमा रिहा गरिएको थियो।

यस घटनाले पूँजी बजारमा नियामक र सञ्चालन पक्षको कमजोरीप्रति गम्भीर प्रश्न उठाएको छ। नेपाल धितोपत्र बोर्ड र सम्बन्धित निकायले ब्रोकरहरूको पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न कडा निगरानी आवश्यक रहेको बताइँदैछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया