Nepal Life

एनआईसी एशिया बैंकका ग्राहकहरूका लागि हिमालय दृश्य रिसोर्टमा १०% छुट

NMB Bank
  • BFIS News
  • 2025 Aug 06 16:08
एनआईसी एशिया बैंकका ग्राहकहरूका लागि हिमालय दृश्य रिसोर्टमा १०% छुट
United Ajod

काठमाडौं, २१ साउन। एनआईसी एशिया बैंकले आफ्ना सम्मानित ग्राहकहरूका लागि धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा विशेष छुट उपलब्ध गराउने नयाँ अफर सार्वजनिक गरेको छ। यस सन्दर्भमा बैंक र रिसोर्टबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

सम्झौताअनुसार, अब एनआईसी एशिया बैंकका ग्राहकहरूले हिमालय दृश्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यस अफर अन्तर्गत छुटको लाभ लिन ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ अथवा मोबैंक (MoBank) एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार, हिमालय दृश्य रिसोर्टसँगको सहकार्यले ग्राहकहरूलाई छुटको फाइदा मात्र नभई देशमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न र नगदरहित कारोबार प्रणालीलाई अघि बढाउन समेत योगदान पुग्ने विश्वास लिएको छ। बैंकले आगामी दिनमा पनि यस्तै विभिन्न सहकार्य मार्फत ग्राहकहितमा थप सुविधा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया